शशांकलाई देउवाको प्रस्ताव : मेरो टिममा उपसभापति बस्नुस्


२५ मंसिर २०७८, शनिबार
Dr.Sashank Koirala vs sher bahadur deuba

काठमाडौं, २५ मंसिर । कांग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका छन् । महाराजगञ्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् ।

आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको छ ।

स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् ।

कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् । आजै कोइरालालाई कांग्रेस नेता एनपी साउदले भेटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७