कांग्रेस सभापति पदमा प्रकाशमान सिंहको उम्मेद्वारी घोषणा, अवधारणा पत्र सार्वजनिक


२५ मंसिर २०७८, शनिबार

काठमाडौं, २५ मंसिर । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा घोषणा सभा गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संस्थापन इतर समूहबाट साझा उम्मेदवार उठाउने प्रयास भए पनि सिंहले टिमसहित नै उम्मेदवारी दिने तयारी गरेका हुन् ।

नेपाली काँग्रेसको नेता प्रकाशमान सिंहले शनिबार पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणासहित अवधारणापत्र सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् । पौडेल समूहमा साझा उम्मेदवारको तय हुन नसकेपछि प्रकाशमानले सो समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनको टीमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेकी छन् ।


सिंहको प्यानलबाटै पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् । शनिबार दिनभर कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सभापतिमा कल्याण गुरुङ र दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट भने सभापतिमा प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने भएका छन् । त्यसैगरी विमलेन्द्र निधि शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्रीमा भने गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७