प्रदेश नेतृत्व चयनमा माओवादी, प्रचण्डले गरे भर्चुअल उद्घाटन


२५ मंसिर २०७८, शनिबार
mawobadi 1

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र)ले शनिबार एकसाथ प्रदेश सम्मेलन गर्दैछ । पार्टीका सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन ।

अधिवेशनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । सात वटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् । माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडौंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७