अफगानिस्तानमा मानवीय सहयोगका लागि विश्व बैंकद्वारा २८० मिलियन डलर अनुमोदन


२५ मंसिर २०७८, शनिबार
1570955497worldbank1

काठमाडौं, २५ मंसिर । विश्व बैंक दाताहरूले अफगानिस्तानमा मानवीय सहयोगका लागि २८० मिलियन अमेरिकन डलर रकम अनुमोदन गरेका छन् । अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा रकम उपलब्ध गराउन सहमत भएका विश्व बैंकलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले जनाएको छ ।

विश्व बैंकले निकालेको विज्ञप्तिमा २८० मिलियन डलरमध्ये अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न युनिसेफले एक सय मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ भने डब्लुएफपीले अफगानिस्तानमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन १८० मिलियन डलर प्राप्त गर्नेछ ।

यसैबीच भारतले अफगानिस्तानलाई मेडिकल सामाग्री पठाएको छ । अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको जहाज फर्किदा भारतले औषधि लगायत मेडिकल पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पठाएको सामाग्री विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरुले बुझ्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७