प्रकाशमानको प्यानलबाट विश्वप्रकाश महामन्त्री


२५ मंसिर २०७८, शनिबार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं, २५ मंसिर । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराउँदै छन् । उनी शेखर कोइरालाको टिम सँगसँगै दर्तास्थल पुगेका छन् ।

‘सबै योग्य साथीहरु महामन्त्रीमा हुनुहुन्छ’, शर्माले दर्ताअघि भने, ‘पहिले दर्ता गर्छु अनि सभापतिका बारेमा भनौंला । अरुलाई अयोग्यता प्रमाणित गरेर होइन आफू योग्य भएर मत माग्दैछौं ।’ शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका हुन् ।

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने निणर्यमा पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७