शेखर कोइरालाको प्यानल : उपसभापतिमा चन्द्र र धनराज, महामन्त्रीमा मिनेन्द्र र गगन


२५ मंसिर २०७८, शनिबार
Shekhar koirala and Gagan Thapa Team

काठमाडौं : शेखर कोइरालाले आफ्नो टिम सहित नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसोसम्म संस्थापन इतरका नेताहरुवीच साझा उम्मेदवारमा सहमति नभएपछि कोइरालाले आफ्नो टिम बनाएर दर्ता गरेका हुन् ।

कोइरालाको टिममा उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा छन् ।

Shekhar koirala 1

सह-महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मधेसीबाट रामकृष्ण यादव,आदिवासी जनजातिबाट विकास लामा र थारुबाट तेजुलाल चौधरीलाई उठाएका छन्।

रामचन्द्र पौडेल, शशांक कोइराला, बलबहादुर केसीलगायतसँग परामर्श गरेर यो टिम तयार पारिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७