देउवाले प्यानलसहित दर्ता गरे उम्मेदवारी, को कुन पदमा उठ्दै ?


२५ मंसिर २०७८, शनिबार
Deuwa Team

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ ।

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गरेका हुन् । प्यानलमा विजयकुमार गच्छदार र पूणर्बहादुर खड्का उपसभापति उम्मेद्वार बनेका छन् ।

यसैगरी देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेद्वारी दिएका छन् । यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७