देउवा समूहबाट विश्वप्रकाशको विद्रोह : प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री


२५ मंसिर २०७८, शनिबार
Prakash Man Singh and Team

काठमाडौं : सभापति शेरबहादुर देउवासँग व्रिदोह गरेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्यानलबाट सुजाता कोइरालाले उपसभापति उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । प्रवक्ता शर्मा लामो समय सभापति देउवाको समूहमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले अन्तिम समयमा देउवा समूहमा अटाउन सकेनन् ।

कृष्णप्रसाद सिटौला निकट प्रदीप पौडेललाई देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि शर्माले सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७