कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेद्वारी, कसले मार्ला बाजी ?


२५ मंसिर २०७८, शनिबार
deuva1639221256

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उम्मेदवारी परेको हो ।

देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा मनोनयन दर्ता गराएका छन् । संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरु असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् । उम्मेद्वारहरुको लगभग टुङ्गो लागेसँगै अब कांग्रेसको नेतृत्व कसको हातमा पुग्ला भन्ने चासो आम सर्वसाधरण नागरिकमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७