यमनमा सैनिक कारबाहीमा परी १९० हुथी विद्रोहीको मृत्यु


२६ मंसिर २०७८, आईतवार
Houthi1639239217

काठमाडौं, २६ मंसिर । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कारबाहीमा परी यमनमा एक दिनमा १९० जनाको हुथी विद्रोहीको मृत्यु भएको छ ।

सैनिक टोलीले गरेको सुरक्षा कारबाहीका क्रममा पछिल्लो २४ घण्टामा उनीहरूको मृत्यु भएको सैन्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । गठबन्धन सेनाले विभिन्न ठाउँमा हुथी विद्रोही विरुद्ध ३६ ओटा सैन्य कारबाही चलाएको थियो ।

सुरक्षा कारबाहीका क्रममा सेनाले २० सवारी साधनहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन् । यमनमा हुथी विद्रोही र गठबन्धन सेनाका बीचमा लामो समयदेखि युद्व चल्दै आएको छ । लामो युद्वका कारण ठुलो जनधनको क्षति भएको छ भने निरन्तर अशान्ति मच्चिदै आएको छ । सिन्ह्वा/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७