यस्तो छ कांग्रेसका विभिन्न पदका उम्मेदवारहरुको प्रथम नामावली (सूचीसहित)


२६ मंसिर २०७८, आईतवार
deuva1639221256

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार छन् भने संस्थापन इतर समूह विभाजित भएको छ ।

यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराए । कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बनेका छन् । केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जना उम्मेदवार छन् ।

आइतवार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुने छ । भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान मतपत्रमार्फत गर्नुपर्ने छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४,७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।
हेर्नुस् उम्मेदवारहरुको प्रथम नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७