जितेन्द्र सोनल लोसपा प्रदेश-२ को अध्यक्ष मनोनित


२६ मंसिर २०७८, आईतवार
jitendra sonal 1

धनुषा, २६ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश-२ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रदेश-२ का संसदीय दलका नेतासमेत रहेका सोनललाई अध्यक्षमा मनोनयन गरेका हुन् ।

लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षको जिम्मेवारी उनलाई दिइएको सो पार्टीले जनाएको छ । त्यसैगरी रामविनोद चौधरी (पप्पु) प्रदेश-२ को सचिवमा मनोनित भएका छन् । यसैबीच लोसपानले प्रदेश-२ का ८ मध्ये ४ जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रदेश-२ का धनुषा, महोत्तरी, बारा र पर्सामा जिल्ला अध्यक्ष चयन गरेका हुन् ।

लोसपा धनुषाको अध्यक्षमा परमेश्वर साह, महोत्तरी अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झा अध्यक्षमा मनोनित भएका छन् । लोसपाले प्रदेश-२ को सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्लामा भने अझै अध्यक्ष चयन गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७