बसले भ्यानलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते


२६ मंसिर २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

झापा, २६ मंसिर । झापाको बाह्रदशी गाउँपालिका-३ त्रिवेणी चोकमा शनिबार बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १-०१-००१-ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ नम्बरको भ्यानलाई ठक्कर दिँदा बाह्रदशी-१ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँकी ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका-१ बस्ने १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् । घाइते सबैको विर्तामोडस्थित बिएण्डसी अस्तालमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७