सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : चालकको मृत्यु, आठ जना घाइते


२६ मंसिर २०७८, आईतवार
Dadeldhura accident A2tapbPZUw

सिन्धुपाल्चोक, २६ मंसिर । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी-६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गए राति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७