‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


२६ मंसिर २०७८, आईतवार
football
सांकेतिक तस्वीर

काठमाडौं, २६ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्रिस्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ टिमसँग खेल्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । जारी लिगमा थ्रीस्टार आज दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघिका ३ खेलबाट ४ अंक मात्रै जोडेको थ्रिस्टार क्लब तालिकाको आठौं स्थानमा रहेको छ । आज एपीएफलाई हराउन सकेको खण्डमा थ्रिस्टार तालिकाको पाँचौ स्थानमा उक्लनेछ ।

उता, एपीएफ भने लिगमा पहिलो जितको खोजीमा छ । एपीएफले शुरुवाती तिन खेलको समाप्तीसम्म अंक जोड्न सकेको छैन । लिगअन्तर्गत हिजोको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० ले हराउँदै साविक विजेता मच्छिन्द्र क्लब तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट १० अंक जोडेको मच्छिन्द्र क्लब मनाङ मस्र्याग्दी क्लबलाई गोल अन्तरले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७