लिवियाबाट १७६ रुवान्डा शरणार्थीको उद्धार


२६ मंसिर २०७८, आईतवार
Libya Dec11.jpasas20211211034941 Ag8HCLrgd2

काठमाडौं, २६ मंसिर । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर) ले लिवियाबाट १७६ जना रुवाण्डका शरणार्थीको उद्धार गरेको छ । उनीहरुलाई लिवियामा जोखिम भएपछि रुवाण्डा सारिएको यूएनएचसीआरले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान हो । त्यसरी उद्धार गरिएकामा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बालबालिका छन् । धेरै शरणार्थीहरू बेचबिखनका शिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुर्व्यवहारबाट बचेका थिए । त्यसैगरी धेरैलाई हिरासतबाट रिहा गरिएको थियो ।

शरणार्थीहरूलाई सम्भव भएसम्म तेस्रो देशहरूमा पुनर्वास, स्वैच्छिक फिर्ता वा रुवान्डामा व्यवस्थापन जस्ता टिकाउ समाधानहरू खोज्न मद्दत गरिने यूएनएचसीआरले जनाएको छ । ‘रुवान्डामा धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको देख्दा राहत मिल्छ। हामी यस देशको नेतृत्व र हाम्रा समर्थकहरूलाई उनीहरूले विस्थापितहरूको आशालाई पुनर्जीवित गर्ने प्रयासमा उदार समर्थन गरेकोमा प्रशंसा गर्छौं,’ रुवान्डाका लागि यूएनएचसीआरका प्रतिनिधि अहमद बाबा फलले भने ।

यूएनएचसीआरले सन् २०१७ देखि अहिलेसम्म लिवियाबाट ७,४९० शरणार्थीलाई तेस्रो देशमा पुनस्र्थापना गरिसकेको छ । त्यसरी उद्धार गरिएका धेरै गैरकानूनी आप्रवासीहरू प्रायः अफ्रिकीहरू, लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा जानेहरु छन् । राजनीतिक अराजकताको कारणले गर्दा लिबिया २०११ देखि संकटग्रस्त छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७