सभापतिमा उम्मेद्वारी दिएपछि देउवा किन पुगे राति नै पौडेललाई भेट्न ?


२६ मंसिर २०७८, आईतवार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवास पुगेर भेटेका छन् । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएका देउवाले शनिबार राति वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका हुन् । संस्थापन इतर समूहमा एकै उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेपछि सभापति पदको प्रतिस्पर्धाबाट बाहरिएका वरिष्ठ नेता पौडेललाई भेट्न देउवा उनकै निवास (बोहराटार) पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेट भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । भेटमा देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्’ भनेको पौडेल निकट स्रोतले बतायो ।

जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए । महाधिवेशनमा प्रतिष्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउन पनि पौडेलले भनेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७