एमालेले आज स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने


२६ मंसिर २०७८, आईतवार
amale

काठमाडौं, २६ मंसिर । हिजो (शनिबार) देखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आइतबार बिहान पनि बस्दैछ । एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक बिहान ११ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो ।

आइतबारको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । शनिबार बैठकमा रहेका १५ कार्यसूचीमध्ये ९ वटा कार्यसूचीमाथि छलफल गरिएको उनले बताए ।

बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको ज्ञवालीले बताए । उनका अनुसार आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निणर्य भएको छ । पुस महिनामा आवश्यक तयारी गरेर माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने बैठकले निणर्य गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने निणर्य गरिएको छ । बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन नबनाउञ्जेल तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने निणर्य भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७