मोदीको ट्वीटर अकाउन्ट ह्याक


२६ मंसिर २०७८, आईतवार
modi 1

नयाँदिल्ली, २६ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको ट्वीटर अकाउन्ट आइतबार बिहान केहि समयका लागि ह्याक भएको हो ।

मोदीको अकाउन्ट ह्याक भएको केहिबेरमै ‘भारतले बिटक्वाइनलाई आधिकारिक बनाएको छ’ भन्दै ट्वीट गरिएको थियो । लगत्तै प्रधानमन्त्री कार्यालयले मोदीको ट्वीटर अकाउन्ट सुरक्षित भएको जानकारी दिएको थियो । उनको ट्वीटर ह्याक हुँदा सामाजिक सञ्जाल ट्वीटरलगायत माध्यममा खैलाबैला मच्चिएको थियो ।

मोदीको ट्वीटर सुरक्षित बनाउन आफूहरुले आवश्यक कदम चालिरहेको ट्वीटरले जानकारी दिएको छ । ‘मोदीको व्यक्तिगत ट्वीटर अकाउन्टलाई हामीले तुरुन्तै सुरक्षित बनाएका छौँ’ ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘अकाउन्ट सुरक्षित राख्न हाम्रो टिम प्रधानमन्त्रीको कार्यालयसँग २४ सै घण्टा निरन्तर सम्पर्कमा छ ।’ अब ट्वीटर अकाउन्ट असुरक्षित हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७