प्रथम अमेरिकी अन्तरिक्ष यात्रीकी छोरी पनि अन्तरिक्षमा


२६ मंसिर २०७८, आईतवार
American Astronaut 20211212061836

काठमाडौं, २६ मंसिर । प्रथम अमेरिकी अन्तरिक्षयात्री एलान शेपर्डकी छोरी पनि अन्तरिक्षमा पुगेकी छिन् । शनिबार आफ्नो पिताको पदचाप पछ्याउँदै ७४ वर्षीया लौरा शेपर्ड चर्चली अन्तरिक्ष पुगेकी हुन् ।

आफ्ना पिताले अन्तरिक्षमा पाइला टेकेको ६० वर्षपछि लौरा अन्तरिक्ष पुगेकी हुन् । जेफ बेजोसको ब्लु ओरिजिन स्पेस कम्पनीले लन्च गरेको रकेटमार्फत लौरासहित अन्य ६ अन्तरिक्ष यात्री पनि अन्तरिक्षको यात्रामा छन् ।

अन्तरिक्ष पर्यटन प्रवद्र्धन गर्न ब्लु ओरिजिनले सन् २०२१ मा पहिलो रकेट अन्तिरिक्षमा पठाएको थियो । सो कम्पनीले शनिबार पठाएको सोहि किसिमको यो तेस्रो उडान हो । लौरीका पिता सन् १९६१ मे ५ मा अन्तरिक्षमा पाइला टेकेर पहिलो अमेरिकी अन्तरिक्ष यात्रु बनेका थिए । उनका पिताको निधन सन् १९९८ मा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७