युवराज न्यौपानेले सभापतिबाट फिर्ता लिए उम्मेदवारी, शेखरलाई सघाउने

अब सभापतिको प्रतिष्पर्धामा देउवासहित पाँच जना


२६ मंसिर २०७८, आईतवार
yubaraj neupane sQqudiMtMc

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको सभापति पदमा उठेका युवा नेता युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएर अर्का प्रत्यासी शेखर कोइरालालाई सघाउने घोषणा गरेका छन् ।

उनले उम्मेदवारी फिर्ताको औपचारिक घोषणा अहिले मध्यान्ह साढे १२ बजे गर्ने भएका छन् । त्यसअघि नै उनले कांग्रेसको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका छन् । न्यौपानेले जारी चौधौं महाधिवेशनमा शेखर कोइरालाको टिम राम्रो र युवाको बर्चस्व देखेकाले समर्थन गर्न लागेको बताएका छन् । ‘शेखर कोइरालाको टिम राम्रो छ, त्यहाँ युवाको वर्चश्व पनि छ’, उनले भने, ‘अब म शेखरको टिमलाई समर्थन गर्छु ।’

कांग्रेसको जारी १४ औँ महाधिवेशनमा उनले युवाहरुको प्रतिनिधित्व गर्दै सभापतिमा लड्ने बताएका थिए । गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका उनी कांग्रेसमा इतर समूहका हुन् । न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापतिमा पाँच जनाले प्रतिष्पर्धा गर्नेछन् । अब शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्येबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७