एमबिबिएस शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्लामा


२६ मंसिर २०७८, आईतवार
bidhya bhandari at jumla2021 12 12 12 32 21

जुम्ला, २६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) जुम्ला आएकी छन् । जुम्लास्थित कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको शुभारम्भ गर्न भण्डारी जुम्ला आएकी हुन् ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् । बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ जना र बिपिएचतर्फ ६ जना भर्ना भएका छन् ।

कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिस्ट्रार निर्पेन्द्र महतको भनाइ छ । उनले भने, ‘कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो । यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक रहेको छ । विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले अब सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्नेछन् ।’ राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको आज शिलान्यास समते गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७