कांग्रेस महाधिवेशन : सभापति र सहमहामन्त्रीसहित ५६ जनाले फिर्ता लिए उम्मेदवारी


२६ मंसिर २०७८, आईतवार
yubaraj neupane sQqudiMtMc

काठमाडौं, २६ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ५६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधिमा ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । तर चार जनाको सनाखत हुन नसकेपछि निर्वाचन समितिका सदस्य तेज रावलले ५६ जनाको मात्र उम्मेदवारी फिर्ता भएको जानकारी दिए ।
उनका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार न्यौपानेले शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउने छन् ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । अब सभापतिमा ५ जनाबीच भिडन्त हुनेछ । जसअनुसार कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवा प्रतिस्पर्धामा रहने निश्चित भएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूणर्बहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा.मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा.राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७