निधिको दाबी : पहिलो चरणमा कसैले जित्दैनन, दोस्रो चरणमा देउवा हार्छन्


२६ मंसिर २०७८, आईतवार
deuwa Bimalendra

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले मंगलबार हुने पार्टीको निर्वाचनको पहिलो चरणमा कसैले पनि नजित्ने दाबी गरेका छन् ।

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले सभापतिमा जित्ने दाबी गरे । दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने पनि जानकारी दिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाइ थियो । देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोशिस भएको निधिले उल्लेख गरे । उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक-दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए ।

कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिबर्तन हुने निधिले बताए । त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७