प्रधानमन्त्री देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प छैन : प्रकाशशरण महत


२६ मंसिर २०७८, आईतवार

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका हुन् ।

उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेको पनि बताए ।

‘नेपाली काँग्रेस पार्टीलाई एउटा बलियो पार्टी, विस्तारित पार्टी र सम्पूर्ण जातजाती, धर्मसंस्कृति, भाषा, भेष, सबैको साझा पार्टी, आम जनताको पहुँचमा जोडिने पार्टीको रुपमा रुपान्तरण गर्ने, हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई आदरणीय नेता, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहान्छौं । उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ,’ नेता महतले भने, ‘आम निर्वाचनमा पनि एक बनाएर नेपाली काँग्रेसले एक्लै स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनु छ ।’

उनले अगाडि भने, ‘नेपाल मात्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले पूरा हुँदैन, अनेक जातजाति, भाषाभाषीहरुको पनि त्यत्तिकै आवश्यक छ । नेता, कार्यकर्ताहरुको सहयोगमा म पार्टीलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिवद्धता जनाउँछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७