१६८ किलो गाँजा बरामद


२६ मंसिर २०७८, आईतवार
ganja 20211212083536

सर्लाही, २६ मंसिर । सर्लाहीको मलंगवा नगरपालिका-८ बाट सशस्त्र प्रहरीले १६८ किलो लागुऔषध गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ निर्यात गर्नका लागि लुकाइ राखेको अवस्थामा १६८ किलो लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले जानकारी दिएका छन् । प्लाष्टिकको ६ वटा बोरामा लुकाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा बरामद गरेपनि ल्याउने व्यक्ति फेला नपरेको जनाएको छ । लागुऔषध गाँजा कसले र कहाँबाट ल्याएको हो त्यो अहिले खुल्न सकेको छैन् । तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेको हो । तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । विगत केही दिन पहिले पनि सशस्त्र प्रहरीले सर्लाहीको उत्तरी भेगमा गाँजा खेति नष्ट गरेको थियो । सर्लाहीसंगै टाँसिएका मकवानपुर र सिन्धुली जिल्लाबाट समय समयमा गाँजा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सर्लाहीमा पक्राउ पर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७