सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयकाे सूचना


२६ मंसिर २०७८, आईतवार
Parliment house samsad bhawan q scaled

काठमाडौं, २६ मंसिर । संघीय संसद सचिवालयले मंसिर २८ गतेदेखि बस्ने संसद बैठकमा सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुलाई एन्टिजेन परीक्षण गरेर मात्र संसद बैठकमा उपस्थित हुन सूचना जारी गरेको छ ।

सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले आइतबार सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सांसद, संसद सचिवालयका महासचिव तथा सचिव, सुरक्षाकर्मी तथा मर्यादापालकहरुलाई एन्टिजेन परीक्षण गर्न भनेको हो ।

त्यसका लागि सचिवालयले सोमबार बिहान ११ बजेदेखि ३० बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७