कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

सभापति र सहमहामन्त्रीसहित ५५ जनाको उम्मेद्वारी फिर्ता, केन्द्रीय सदस्यमा दुई जना निर्विरोध


२६ मंसिर २०७८, आईतवार
Congress elction last name list release 4

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।

जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश-२ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।

list 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७