शेयर बजारमा ८८ अंकको पहिरो, अधिकांश लगानीकर्ताले गुमाए


२६ मंसिर २०७८, आईतवार
share market

काठमाडौं, २६ मंसिर । केहि दिनयता ओरालो लागिरहेको शेयर बजारमा आज साताको पहिलो दिन (आइतबार) पनि उच्च अंकको गिरावट आएको छ । उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ८८ अंकले ओरालो लागेर २३ सय ६१ बिन्दुमा आएर थामियो । यसदिन कारोबार भएका अधिकांश समुहमा गिरावट आएसँगै बजार परिसुचक नेप्से पनि ओरालो लागेको हो ।

जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ७ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समूह ४९० अंकले ओरालो लाग्यो । जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, वित्त, उत्पादनमूलक, लघुवित्त र अन्य समूहमा दोहोरो अंकको गिरावट आयो ।

यस दिन १८४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५ कम्पनीको बढ्यो । ७४ लाख ६० हजार कित्ता शेयर ३ अर्ब ८२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज १३ वटै उपसूचक राताम्य छन् भने अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् । २२८ कम्पनी सामेल भएको बजारमा ३ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७