उपसभामुखमा एमालेकी डा. शिवमाया र कांग्रेसकी पुष्पाको उम्मेद्वारी, को छ अगाडि ?


१ चैत्र २०७४, बिहीबार

काठमाडौं, १ चैत : उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसालले उम्मेद्वारी दर्ता गरेका छन् । माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो ।ShivaMaya Pushpa hIqxD4bzpq

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेद्वार बनाएको छ । यसअघि कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मद्वारी दिएको थिएन । यहि चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले आज उनलाई पार्टीका तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिइन् । संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । त्यस्तै सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र दुवै पदमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७