नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डको शववाहन हस्तान्तरण


२६ मंसिर २०७८, आईतवार
ashok

काठमाडौं, २६ मंसिर । आइएमई ग्रुप अन्तर्गतको अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत,बेदकोट नगरपालिका कचंनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो।

एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित छ। महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएकाले प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन किनेको हो। खरिद गरिएको शव वाहन अहिले सम्मक ठूलो र फराकिलो छ।

आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सिएल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ। साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७