मुक्तिनाथ विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न


२६ मंसिर २०७८, आईतवार
muktinath1639307000

काठमाडौं, २६ मंसिर । मुक्तिनाथ विकास बैंकले सनिबार पोखरामा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

उक्त साधारण सभाले आ.व २०७७र०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८र०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरुसहित आ.व. ०७७र०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

उक्त लाभांस मध्ये १७.५७५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुनेछ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखे। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखे।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७र०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए। सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७