निर्वाचन आचंरसहिता विपरीत नवनियुक्त मन्त्रीहरुको सपथ साँझ


२८ आश्विन २०७४, शनिबार
kamal thapa

काठमाडौं : नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ । राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरे लगतै सपथको समय तय भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको छ ।

kamal thapa

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचंसहिता विपरित राप्रपा नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । भने  कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७