भोटिङ मेसिनको लागेन भर 


२७ मंसिर २०७८, सोमबार
6 1639299650

काठमाडौं, २७ मंसिर । कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । सभापति पदका आकांक्षीमध्ये एक डा. शेखर कोइरालाले आफ्नो प्रतिबद्धतापत्रमै ‘डिजिटलाइजेसन’ को कुरा उठाएका छन् । तर, १४औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिँदै छ । यसले निर्वाचन प्रक्रियालाई बढी झन्झटिलो, लामो र खर्चिलो बनाउने नेता/कार्यकर्ताले बताएका छन् ।

विद्युतीय मतदान प्रक्रियामा जान अनुरोध गरिए पनि सहमति जुट्न नसकेको केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरे सुनाउँछन् । ‘हामी त त्यसकै लागि लालयित थियौं । तर, सायद सहमति जुट्न नसकेर होला, उहाँहरू जान मान्नुभएन’, संयोजक घिमिरे भन्छन् ।

महाधिवेशन प्रचार-प्रसार समितिले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगमा जान सकिने जानकारी दिएको थियो । तर, शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा कागजी मतदानमै जानुपर्ने भएको महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मा बताउँछन् ।

नेपाल तरुण दलका ओखलढुंगा उपसभापति उत्तमकुमार थापा पार्टीको शीर्ष स्थानमा पुरानै नेताहरू हाबी भएकाले विद्युतीय पद्धतिलाई विश्वास गर्न नसकेको बताउँछन् । समयानुकूल हुन नसक्दा आधुनिक प्रविधिको जमानामा पनि झन्झटिलो र खर्चिलो विधिमै गइरहेको थापाको भनाइ छ । अबको नेतृत्व युवाको काँधमा आयो भने आगामी निर्वाचनहरू मितव्ययी हिसावले गर्न सकिने विश्वास उनी व्यक्त गर्छन् ।

नेतृत्वमा युवा हाबी हुने बित्तिकै नयाँ सोच, नयाँ जिज्ञासा र नयाँ शिक्षा प्रणालीले प्रविधिलगायत विषयमा परिवर्तन ल्याउन सकिने उनको धारणा छ । केन्द्रीय सदस्यका प्रत्यासी स्याङ्जाका भरत लम्साल विद्युतीय मतदान गराउन नसक्दा निःसन्देह पार्टी पछाडि परेको बताउँछन् । नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका लम्साल नेतृत्वले चाहना राखेन भने युवाले जतिसुकै बल गर्दा पनि त्यो सम्भव नहुने यो एउटा उदारहण रहेको बताउँछन् । यो महाधिवेशनले पुस्तान्तरणको कुरा उठाएर युवालाई नेतृत्वमा पुर्‍यायो भने कांग्रेसलाई प्रविधिमा अझै दुई कदम अगाडि बढाउन सकिने उनी विश्वास गर्छन् ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य मञ्जुकुमारी यादव आफ्नो संगठन केही वर्षअघि नै तेस्रो महाधिवेशनमै विद्युतीय मतदान गराइसकेको बताउँछिन् । प्रदेश २ की प्रदेशसभा सदस्यसमेत रहेकी यादव त्यति बेला पहिलो दिन साँझ ५ बजेसम्म मतदान सकिसकेको सुनाउँछिन् । भोलिपल्ट बिहान ४ बजे मत परिणाम आइसकेको थियो ।

संघीय सांसद मिनाक्षी झा पार्टीलाई प्रविधिमैत्री बनाउने प्रयास गरे पनि यसपटक नेताहरूबीच सहमति नहुँदा सम्भव नभएको बताउँछिन् । केन्द्रीय सदस्यकी प्रत्यासी झा भन्छिन्, ‘हुन त प्रविधि हुनु राम्रो हो । तर, मेसिन बीचमै बन्द हुन्छ कि मेरो भोट जाँदैन कि भन्ने शंका अझै रहने हुँदा त्यता जान सकिएन । तर प्रविधिमैत्री हुँदा निर्वाचन कम झन्झटिलो हुन्छ ।’

विद्युतीय मतदान गर्दा गोपनीयतामा प्रश्न उठ्न सक्ने कांग्रेस नेता डा. रामशरण महतको भनाइ छ । भन्छन्, ‘मतदान भनेको त गोप्य प्रक्रिया भएकाले हामी विद्युतीय प्रणालीमा गएनौं ।’ कांग्रेसकी निवर्तमान कोषाध्यक्ष सितादेवी यादव धेरै मतदाता अशिक्षित रहेकाले विद्युतीय प्रणाली असहज हुने बताउँछिन् । यही सहमतिका कारण पार्टीले कागजी मतदानकै निणर्य लागू गराएको उनको भनाइ छ ।

नयाँ नेतृत्व चयन गर्न सोमबार बिहान ८ बजे मतदान सुरु हुने कार्यतालिका छ । त्यसपछि करिब सात घण्टाभित्र मतदान सकिने घिमिरेको अनुमान छ । राष्ट्रियसभा गृह र भृकुटीमण्डपका दुई स्थानमा मतदान हुँदैछ । प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन् । मतदानका सबै प्रक्रिया सकिएपछि मतगणना सुरु हुने र मतगणना सम्पन्न गर्न कम्तीमा एक साता लाग्ने अनुमान निर्वाचन अधिकृत भरतराज उपाध्यायको छ ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनु पर्छ । यसो भएको खण्डमा पनि पुनः पहिलेकै जस्तो कागजी प्रक्रियामा जानुपर्ने हुनाले यसले पनि अन्तिम मत परिणाममा समेत ढिलाइ गर्न सक्छ ।

सभापतिका उम्मेदवारको मुद्दा : अबको चुनावमा पहिलो
कांग्रेसमा सभापति पदका उम्मेवारले मूल मुद्दा आगामी स्थानीय र प्रतिनिधिसभा चुनावलाई बनाएका छन्। शेरबहादुर देउवाले आफू पुनः सभापति भए कांग्रेसले तीन वटै तहमा सरकार बनाउने दाबी गरे । ‘प्रजातन्त्र बचाउन आवश्यक छ । प्रजातन्त्र बचाउन कांग्रेसबाहेक कसैले सक्दैन’, देउवाले कार्यकर्ता भेटघाट कार्यक्रममा भने, ‘मलाई सभापति बनाउनुस् । म देशभर कांग्रेसको सरकार बनाउँछु । प्रधानमन्त्री र सभापति एउटै व्यक्ति भएको अवस्थामा स्थायित्व हुन्छ ।’ देउवाले आफूलाई समर्थनका लागि अर्का नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद दिए । देउवाले सिटौलालाई भने, ‘सिटौला जिलाई धन्यवाद। आफू सभापति नभएर मलाइ सहयोग गर्नुभएको छ ।’

सिटौलाले निर्वाचन फेरि आउनै लागेको बताए । सभापति पदमा हारेको प्रधानमन्त्री बोकेर निर्वाचनमा जाने कि जितेको प्रधानमन्त्रीलाई भन्दै प्रश्न गरे । सभापति पदमा पराजित गरेको प्रधानमन्त्री लिएर निर्वाचनमा जाँदा मतदातामा मनोवैज्ञानिक असर पर्ने उनको भनाइ थियो। भने, ‘दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था विधानले नै गरेको छ । त्यसैले देउवालाई नै एक पटक फेरि सघाउ भन्ने मलाई लागेको हो ।’

सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले आइतबार पत्रकार सम्मेलन गरी भने, ‘हामीसँग जोशिलो टिम छ । जसको नेतृत्व्मा हामी आम चुनाव पनि जित्न सक्छौं । हामीसँग अनुभव भएका साथिहरू र युवाको उर्जाले कांग्रेसलाई क्रियाशील र गतिशील कांग्रेस बनाउन चाहन्छौं । जसले नयाँ विचार नयाँ कार्यक्रम र नयाँ क्रियाशीलताले हामी अघि बढ्छौं ।’ उनले पार्टीभित्रको बेथिति अन्त्य गर्न जवाफदेही नेतृत्व खोजिरहेको बताए । महाधिवेशनपछि सबैलाई समेटेर तीनवटै तहका निर्वाचन जित्ने गरी लाग्ने उनको भनाइ थियो ।

‘वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत नेता हामीसँगै हुनुहुन्छ’, उनले भने, ‘बाँकी साथीहरू अहिले पार्टी निर्वाचनका कारण समूह-समूह देखिए पनि महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुनेछ ।’ कांग्रेसलाई सामूहिक ढंगले अगाडि बढाउन, संविधान सुदृढ गरेर अगाडि बढ्न आफ्नो टिमलाई विश्वास गरी मत दिन पनि उनले आग्रह गरे ।

सभापति पदका अर्का उम्मेदवार प्रकाशमान सिंहले नेतृत्व परिवर्तन पार्टी र देश दुवैले चाहेको बताए । उनले भने, ‘हाम्रो समूहमा पूर्वदेखि पश्चिमसम्म भिझेका नेता छौं । सबैको चाहना पार्टीको चुनाव जित्ने मात्र हैन। आम चुनावमा पनि हामी पहिलो हुन सक्छौं भन्ने ध्येय राखेका छौं ।’

सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाउने दाबी गरे । आइतबार भृकुटीमण्डपमा भोट माग्न पुगेका निधिले दोस्रो चरणको चुनाव भए आफूले देउवालाई नसघाउने घोषणा गरे । ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउँदैनन् । दोस्रो चरणमा हुने चुनावमा देउवाइतर हामी एक ठाउँ हुनेछौं’, उनले भने ।

युवराज न्यौपानेले भने सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले डा. कोइरालालाई समर्थन गर्ने भएका छन् । तरुण दलका नेता न्यौपालनेले आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरूलाई कोइरालाले आत्मसात गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निणर्यमा पुगेको बताए । यससँगै सभापतिको दौडमा देउवा, डा. कोइराला, सिंह, निधि र कल्याण गुरुङ बाँकी छन् ।

दाबी पदाधिकारीमा, उम्मेदवारी सदस्यमा
कांग्रेसमा पदाधिकारी दाबी गरेका ‘हेभीवेट’ नेता नै केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । गुटगत भागबन्डा र समीकरण मिलान गर्दा पदाधिकारीमा अटन नसकेपछि केन्द्रीय सदस्यमा उम्मेदवार बन्नुपरेको उनीहरू बताउँछन् । अन्नपूणर् पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७