बेलायतमा ओमिक्रोन संक्रमित अस्पताल पुग्न थाले


२७ मंसिर २०७८, सोमबार
corona virus omicron PbnZ9rYrJz

काठमाडौं, २७ मंसिर । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरू अस्पताल आउन शुरु भएको जनाइएको छ । बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना सङ्क्रमणका केसहरूमध्ये एक तिहाइ नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमित भएको बताए ।

उनका अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कयौं गुणा बढी सङ्क्रामक छ । उनले मानिसहरूलाई कोरोना खोपको दुई डोज पर्याप्त नभएको भन्दै बुस्टर डोज लिन सक्नेका लागि लिन अपिल गरेका छन् । जहावीले एक अन्तर्वार्ताका क्रममा बीबीसीसँग महामारीपछि स्थिति सामान्य हुने दिशा तर्फ गइरहेको भए पनि नयाँ भेरियन्टले रुकावटको अवस्था बनेको बताए ।

उनले जनवरीमा स्कुल खोल्नका लागि पूरै कोशिस गरिएको भए पनि सुरक्षा पहिलो प्राथमिकतामा भएको बताए । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख मेडिकल सल्लाहकार डा सुजैन हपकिन्सले अस्पतालमा ओमिक्रोन सङ्क्रमितको संख्या बढिरहेको आशङ्का गरे ।

अहिलेसम्म अस्पतालमा जो पुगिरहेका छन् उनीहरू ओमिक्रोनका कारण सङ्क्रमित भएर पुगे वा अन्य कारणले भन्ने पूणर् रूपमा स्पष्ट नभएको उनको भनाइ छ । उनका अनुसार बेलायतमा अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भने भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७