दाङमा जीप दुर्घटना : तीनको मृत्यु, २० घाइते


२७ मंसिर २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

दाङ, २७ मंसिर । दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप आइतबार साँझ तुलसीपुर-३ सिरखोलामा दुर्घटना भएको हो ।

दुई जनाको घटनास्थलमै र अर्का एकको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही ठाउँकी ४८ वर्षीया साउती घर्ती र २५ वर्षीया लालमति खड्का रहेका छन् । घाइते धेरैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७