एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित


२७ मंसिर २०७८, सोमबार
ambape

काठमाडौं, २७ मंसिर । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति भएको फ्रेन्च लिग वानको खेलमा मोनाकोमाथि २-० को जित हात पारेको छ ।

खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले पहिलो गोल गर्दै टोलीलाई १-० गोल अन्तरको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४५ औं मिनेटमा लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै एमबाप्पेले दोस्रो गोल गरे । यससँगै लिग वानमा पीएसजीले १८ खेलबाट ४५ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको मार्सिल्लेले १७ खेलबाट ३२ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७