स्पेनिस ला लिगा फुटबल : रियल मड्रिडको सहज जित


२७ मंसिर २०७८, सोमबार

काठमाडौं, २७ मंसिर । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा खेलको १६ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औं मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७