लमजुङमा भूकम्पको धक्का


२७ मंसिर २०७८, सोमबार
earthquake

लमजुङ, २७ मंसिर । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ः३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७