शशांकलाई समेत समेट्दै देउवाले बनाए उम्मेद्वारको नयाँ सूची


२७ मंसिर २०७८, सोमबार
Deuwa Team

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको आउँदो कार्यकाल पनि नेतृत्वका लागि सभापति पदमा प्रतिस्पर्धारत प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्यानलमा शशांक कोइरालालाई पनि समेट्दै उम्मेदवारहरूको नयाँ सूची बनाएका छन् ।

यसअघि संस्थापनइतर समूहबाट आफै सभापतिको उम्मेदवार रहेका शशांक साझा उम्मेदवार तय गर्नका लागि पछि हटेका थिए । तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट रहेको जनाइएको छ ।

शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन् । शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उनी आएका थिएनन् । यद्यपि शशांकको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ । शशांक आफै भने कुनै पनि प्यानलमा खुलेका छैनन् ।

264905194 588844898846941 1126980729082529416 n YoXk1wwYY1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७