रामचन्द्रका छोरा चिन्तनको खण्डन : बुबाले देउवालाई समर्थन गरेको भन्ने दाबी झुटो हो


२७ मंसिर २०७८, सोमबार
chintan paudel

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले आफ्ना बुवाले सभापति पदका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरा झुटो भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले आफ्नै (चिन्तनको) भनाइ भनेर सञ्चारमाध्यमलाई दिएको जानकारी गलत भएको भन्दै उनले खण्डन गरेका हुन् ।

‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनें भनेर लेखिएको कुरा भ्रमपूर्ण हो । यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ बस्नु् भएको छ’, उनले भनेका छन्, ‘मैले भनेको भनि गरिएको प्रचार भ्रमपूर्ण छ । गलत कुराको प्रचार नगर्न अनुरोध गर्दछु ।’ यसअघि आजै बिहान बालुवाटार स्रोतले रामचन्द्रका छोरा चिन्तनले नै भनेको भनेर पौडेलले देउवालाई समर्थन गरेको दाबी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७