कांग्रेस महाधिवेशन : अझै शुुरु भएन मतदान


२७ मंसिर २०७८, सोमबार
matadan1639363308

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान शुरु हुन ढिलाइ भएको छ । आज (सोमबार) बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान ९ः३० बजेसम्म पनि शुरु भएको छैन ।

मतदान शुरु हुन अझै करिब एक घण्टा लाग्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बुथमा खटिने उम्मेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान शुरु हुन नसकेको निर्वाचन समितिका पदाधिकारीले बताएका छन् ।

सबै व्यवस्था मिलाएर बिहान करिब साढे १० बजेपछि मात्रै मतदान शुरु हुने समितिका पदाधिकारीको भनाइ छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । मतदाताहरू लाइनमा छन् । मतदानपश्चात् आजै मतगणना शुरु गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७