माओवादी केन्द्रको उपत्यका प्रदेश अध्यक्षमा सिम्खडा निर्वाचित


२७ मंसिर २०७८, सोमबार

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रले सिंखडाको अध्यक्षतामा १४१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको सचिवमा सुरेन्द्र बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा कृष्णराज केसी, सङ्गीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका हुन् । माओवादी केन्द्रले गएको शनिबार सात भौगोलिक र ३ गैरभौगोलिक प्रदेशको सम्मेलन गरेको थियो। सम्मेलनबाट १४१ सदस्यीय उपत्यका प्रदेश समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले जानकारी दिए ।

सम्मेलनको बन्दसत्रले आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सम्मेलनको तयारीरुप माओवादीले वडादेखि प्रदेशसम्मका सम्मेलन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७