चुनावी मैदानमा मत माग्दै कांग्रेस नेताहरू (फोटो फिचर)


२७ मंसिर २०७८, सोमबार
Nepali congress 1

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । कांग्रेस उम्मेदवारहरुले मतदानका लागि लाइनमा उभिएका प्रतिनिधिहरुसँग मत माग्ने क्रम चलिरहेको छ ।

मतदान सुरु भएसँगै प्रतिनिधिहरु मतदानका लागि लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले आफ्ना कुरा भन्दै मत मागिरहेका छन् ।

१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि ढिलोगरी मतदान प्रक्रिया सुरु भएको हो ।

निर्वाचन समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी छ।

महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ–शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था छ ।

भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ । निर्वाचनका लागि काठमाडौं प्रशासन कार्यालयको सुरक्षा समितिले सुरक्षा व्यवस्थालाइ चुस्तदुरुस्त राखेको जनाएको छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।

266266409 471411184321559 4555064948660463404 n 3
deuva1639221256
bimalendra nidhi
binod chaudhari
bishwa 1
bishwa 2
bishwa
chandra bhandari
congress matadata
congress 4
gagannnnn1639366032 2
prakashman 1
prakashman
praksh saran
sujata koirala
minendra

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७