शेखर र प्रकाशमानले भोट मागिसक्दा देउवा बल्ल पुगे मतदानस्थल


२७ मंसिर २०७८, सोमबार
deuwa matadan

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको अध्यक्षमा उम्मेदवार दिएका सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंह दुवै मतदान गर्न राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा पुगेका छन् । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापति पदका अन्य उम्मेदवारले मतदान स्थल राष्ट्रिय सभागृहमा पुगेर मत मागिसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा भने भर्खर मतदानस्थल पुगेका हुन् ।

आज बिहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान शुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७