मेजर योगेश राईको नेतृत्वमा किरात राई यायोक्खा बेलायतको नेतृत्व


२७ मंसिर २०७८, सोमबार
Kirat Rai Yayokkha scaled

लण्डन : किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशनबाट अध्यक्षमा मेजर योगेश राई निर्वाचित भएको छ । शनिवार लण्डनको साउथ ह्यारोस्थित सम्पन्न महाधिवेशनबाट अध्यक्षमा मेजर राईलाई सर्वसम्मत चयन गरेको हो ।

महाधिवेशनले राईको अध्यक्षतामा २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई र शंकर राई निर्वाचित भएका छन् ।

यसैगरी समितिको महासचिवमा देवेन्द्र राई ‘खेरेस’, उपमहासचिवमा ईश्वर चाम्लिङ र किशन राई, सचिवमा रोम मुकारुङ राई र उमिरा राई निर्वाचित भएका छन् ।

महाधिवेशनबाट कोषाध्यक्ष प्रसाद राई र सहकोषाध्यक्षमा नीता राई र चन्द्र जयपाल राई निर्वाचित भएको छ । सदस्यहरुमा शान्ता राई, पेन्डुलाल राई, शोभा राई, सुरेश राई, मनिकला राई, निर्मला मादेन राई र किसन राईलाई निर्वाचित भए ।

महाधिवेशनका प्रमुख अतिथी किरात राई यायोक्खा नेपालका अध्यक्ष दिवस राईले भर्चुअल माध्यमबाट शुभकामना मन्तब्य राखेका थिए । किरात राईहरुको संख्या विदेशमा बढदै जानु सुखद पक्ष रहेको बताए । पछिल्लो समयमा बेलायतमा किरात राईहरुको संंख्या बढदै गएकाले किरात राई यायोक्खा बलियो र सवल बन्दै गएको पनि बताए ।

Kirat Rai Yayokkha UK

महाधिवेशनको उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङले संस्था बलियो भए हामी सबैको पहिचान र अस्तित्व रहीरहने बताए । संस्थालाई बलियो बनाउनका लागि सबै किरात राईहरु एकढिक्का भएर अगाडी जानुपर्ने आवश्यकता रहेको बताए ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले पनि शुभकामना मन्तब्य राखेका थिए । उनले किरात राई यायोक्खालाई आदीवासी जनजाति महासंघले भरपुर सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।


महाधिवेशनमा बेलायतका १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित २ सय ५० बढिको सहभागीता रहेको थियो । महाधिवेशनमा प्रारम्भिक कार्यसमितिहरुले कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

महाधिवेशनको बन्द सत्रमा महासचिव नरेश काङमाङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत भएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमा गहन छलफल भएको थियो ।

Kirat Rai Yayokkha UK

महाधिवेशनमा संशोधित विधानलाई उपाध्यक्ष प्रेम राईले प्रस्तुत गरेका थिए । बन्द सत्रमा महासचिव नरेश काङमाङ राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उपस्थित प्रतिनिधिहरुले सामुहिक रुपमा छलफल गरेका थिए ।

छलफलपछि महासचिवले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्बसम्मतले पास गरेको थियो ।

बन्द सत्रका अध्यक्षता किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्व अध्यक्ष यशोदा राईले र निर्वाचन समितिका अध्यक्षता पुर्व अध्यक्ष डा. सुमाया राईले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तब्य उपाध्यक्ष राजकुमार राईले गरेको थियो भने सञ्चालन महासचिव नरेश काङमाङ राईले गरेका थिए ।

महाधिवेशनमा छलफल भएको बिषयमा डा. मूलवीर राई राई गीतकार इश्वर चाम्लिङले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताको तर्फबाट टिप्पणी प्रस्तुत र घोषणापत्र डा. मुलवीर राईले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि मेजर योगेश राईले तत्कालीन र दीर्घकालिन रणनीतिक अवधारणाहरु समेत सार्वजानिक गरेको छ । अध्यक्ष राईले बेलायतमा रहेका सम्पुर्ण किरात राईहरुलाई एकताको सुत्रमा बाधेर अन्य जातजातिहरुसंग भाइचाराको रुपमा सम्बन्ध स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७