कांग्रेस महाधिवेशन : मतदान गरेपछि उपसभापति उम्मेदवार सुजाताको प्रतिक्रिया : प्रक्रिया साह्रै लामो


२७ मंसिर २०७८, सोमबार
prakashman

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । उम्मेदवारसहित महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

उपसभापति पदकी उम्मेदवार सुजाता कोइरालाले मतदान गरिसकेकी छन् । राष्ट्रिय सभागृहमा पुगेर उनले मतदान गरेकी हुन् । मतदानको प्रक्रिया साह्रो लामो भएको प्रतिक्रिया दिएकी छिन् ।

मतदान गर्न समय पनि धेरै लाग्ने भन्दै उनले अर्को महाधिवेशनसम्म यसमा सुधार गर्नुपर्नेमा जोड दिइन् । ‘साह्रै लामो प्रक्रिया रहेछ । समय पनि धेरै लाग्दो रहेछ । मिस्टेक हुने जोखिम पनि उत्तिकै रहेछ’, मतदानपछि उनले भनिन्, ‘अर्को महाधिवेशनसम्म यसमा सुधार ल्याउनुपर्छ ।’ उनी सभापति पदका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट चुनावी प्रतिष्पर्धामा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७