सबैले नेतृत्व परिवर्तन चाहेका छन्, सभापति मै बन्छु : प्रकाशमान सिंह


२७ मंसिर २०७८, सोमबार
praksh saran

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंहले आफूले सभापतिमा जित्ने दाबी गरेका छन् । राष्ट्रिय सभा गृहमा मतदान गरेपछि सिंहले नेतृत्व परिवर्तन सबैले चाहेको भन्दै सभापतिमा विजयी हुने दाबी गरेका हुन् । उनले भने, ‘पार्टीको रुपान्तरणका लागि जित्छु। नेतृत्व परिवर्तन सबैले चाहेका छन् । म सभापति बन्छु । ’

संस्थापन पक्षबाट विद्रोह गरेका महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्माले पनि प्रकाशमान सिंह प्यानल रोजेका छन् । उपसभापतिमा सिंहको प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ । निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७