कांग्रेस महाधिवेशन : २ बजेसम्ममा ६०० मत खस्यो


२७ मंसिर २०७८, सोमबार
deuba matadan

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ६०० मत खसेको छ । पार्टीको १४औं महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिकेका छन् ।

निर्धारित समयभन्दा साढे ३ घण्टा ढिलो सुरु भएको मतदानमा अहिलेसम्म ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति सदस्य तेज बहादुर रावलले अहिलेसम्म ६०० मत खसेको जानकारी दिए ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकै पटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७