कांग्रेस निर्वाचन : दिउँसो ३ बजेसम्ममा ८७८ मत खस्यो (अपडेट)


२७ मंसिर २०७८, सोमबार
deuba matadan

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा दिउँसो ३ बजेसम्ममा ८७८ मत खसेको छ । दिउँसो १२ बजेदेखि शुरु भएको मतदानमा अहिलेसम्म ८७८ मत खसेको हो ।

महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले राष्ट्रिय सभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई ठाउँ (प्रदर्शनी हल र प्राङ्गण) मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिय सभा गृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न झण्डै आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार सात सय ४३ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७